नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बबरमहल, काठमाडौं

रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा



रेडियो नेपाल र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच “भूमि प्रशासनमा प्रविधि र सुशासन” कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धी सम्झौता भएको छ । 

रेडियो नेपालसंग भएको सम्झौता अनुसार “भूमि प्रशासनमा प्रविधि र सुशासन” नामक कार्यक्रम महिनाको महिनाको दोश्रो र चौंथो शनिबार साँझ प्रसारण हुने गरी सम्झौता भएको हो । कार्यक्रम सूचना, सन्देश र जानकारी मूलक हुने छ ।

सम्झौता पत्रमा रेडियो नेपालका तर्फबाट महाप्रवन्धक बुद्धिबहादुर के.सी र विभागका तर्फबाट महानिर्देशक शेषनारायण पौडेलले  हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा विभागका महानिर्देशक पौडेलले विभाग मातहतका कार्यालयहरु प्रविधिमैत्री बन्दै गएको र यी कार्यालयहरुबाट सर्वसाधारणलाई सहजै सेवा उपलब्ध गराइएको बताउनुभयो ।

“भूमि प्रशासनमा प्रविधि र सुशासन” कार्यक्रम प्रसारण तालिका

वार : प्रत्येक महिनाको दोश्रो र चौंथो शनिवार 

समय : साँझ ७:४०  बजे देखी ७ :५५ बजे सम्म

मिति 2077 आश्वीन १० गतेको पहिलो कार्यक्रम सुन्न यहाँ  Click गर्नु होस ►


यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)